
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्स कम्पनीबीच प्राप्ति सम्बन्धी अन्तिम सम्झौता भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको भदौ १७ गते दिउसो बसेको सञ्चालन समितिको बैठकबाट संयुक्त प्राप्ति समितिले गरेको सिफारिसलाई समेत मध्यनजर गरी प्राप्ति गर्ने निर्णय गरी अन्तिम सम्झौता समेत भएको बैंकले सूचना मार्फत जानकारी गराएको हो ।
सिटी एक्सप्रेसको १०० कित्ता शेयर बराबर नेपाल इन्भेष्टमेण्ट बैंकको ३० कित्ता शेयर आदानप्रदान गर्ने गरी प्राप्तिको लागि अन्तिम सम्झौता भएको बैंकको भनाई छ ।
प्रतिक्रिया दिनुहोस