aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नबिल इन्भेष्टमेन्टमा हितग्राही खाता खोल्न र शुल्क तिर्न अनलाइनबाटै मिल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ जेठ २०७६
नबिल इन्भेष्टमेन्टमा हितग्राही खाता खोल्न र शुल्क तिर्न अनलाइनबाटै मिल्ने

नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले ग्राहकहरुको सुबिधाका लागि हितग्राही खाता संचालनको वार्षिक नविकरण शुल्क तथा मेरो शेयरको वार्षिक नविकरण शुल्क सिधै अनलाईन मार्पmत भुक्तानी गर्न मिल्ने गराएको छ । साथै नयाँ हितग्राही खाता अनलाईन मार्पmत नै खोल्न मिल्नेसमेत बनाएको छ । 

ग्राहकले अनलाईन मार्पmत भुक्तानी गर्दा नविल इन्भेष्टमेन्टको वेभसाइट www.nabilinvest.com.np मा Online Demat मा गई भुक्तानी गर्न बाँकी रकम यकिन गर्न सक्नेछन् र नबिल बैंकको अनलाईन कार्ड सुविधा, खल्ती तथा ई–बैकिङ्गबाट भुक्तानी गर्ने व्यवस्था मिलाइएको जनाएको छ । नबिल बैंक वाहेकका अन्य बैंकहरुमा खाता रहेका ग्राहकहरुले पनि सिधै भुक्तानी गर्न सक्नेछन् ।

साथै लगानीकर्ताहरुले नयाँ हितग्राही खाता खोल्नका लागि अनलाईन मार्पmत फाराम भर्न सक्नेछन् । सो फाराम भरेको ३० दिन भित्र आफ्नो सक्कल नागरिकता सहित कम्पनीमा  स्वयं उपस्थित भए पश्चत् मात्र हितग्राही खाता खोलिने व्यवस्था समेत मिलाईएको छ । 
 

प्रतिक्रिया दिनुहोस