अहिलेको कारोना महामारी र त्यसपछि समेत हाम्रो बैकिङ क्षेत्रलाई साइबर सेक्युरिटी सम्बन्धि विषय अत्यन्तै महत्वपूर्ण छ । यदि कुनै पनि संस्थालाई बलियो संस्था भन्ने हो भने त्यो सम्पूर्ण रुपले बलियो हुनुपर्छ । त्यो प्रविधिको हिसावले, संरचनाको हिसावले अनि सबै खालको सुरक्षाको हिसावले । विश्वभर नै विशेष गरी सन् १९९० पछि अत्याधिक विकास गर्ने मुलुकहरूले प्रयोग गरेको विकासको आधार भनेकै संस्थागत विकास र प्रविधिको प्रयोग हो ।
अर्थशास्त्रको प्राविधिक भाषामा टोटल फ्याक्टर प्रडक्टिभिटी भनिने यो विकासलाई प्रविधिले नै अगाडि बढाउँछ । जब प्रविधिको कुरा आउँछ, त्यहाँ जोखिमको कुरा सँगसँगै आउँछ । एउटा अध्ययनले के देखाएको छ भने ग्लोबल इकोनोमीमा साइबर क्राइमका कारण १.५ ट्रिलियन डलरको क्षति भएको छ । अहिले त्यो झन बढ्दो रुपमा छ ।
हामीले बैंक तथा वित्तीय संस्थाहरूलाई अझ बढी चनासो हुनुस् भनिरहेका छौं । २०६८ सालमा हामीले एउटा निर्देशिका जारी गरी सकेका थियौ । गत वर्ष केही घटनाहरू देखिएपछि सेक्युरिटी अडिटलाई अझ बढी प्राथमिकतामा राखेर काम गर्नुस् भनेका छौं । त्यसो त बैंक वित्तीय संस्थाहरू पनि आफै चनासो भएर लाग्नु भएको छ ।

जहाँसम्म साइवर क्राइम सम्बन्धि बीमाको कुरा छ, त्यो अति आवश्यक छ भन्ने हाम्रो पनि धारणा हो । यसबाट जोखिम कम हुन्छ । तर, अस्ति कोरोना बीमाबारे जस्तो अस्पष्टता देखा पर्यो त्यस्तो चाहिँ हुनु हुँदैन । दोस्रो कुरा यसबाट कसैलाई नैतिक संकट पर्ने अवस्था पनि आउन हुँदैन ।
त्यसैले यो प्राविधिक विषय भएकाले प्राविधिक विज्ञहरू इन्स्योरेन्स कम्पनी, बैंक वित्तीय संस्था सबै एकै ठाउँमा बसेर के कस्ता कुराहरू हामी बीमा गर्न सक्छौ, कुन खालको जोखिम वहन गर्नुपर्ने हो भन्ने निर्धारण गर्नुपर्छ । यदि यहाँहरूले गम्भिर रुपमा छलफल गरेर कुनै ढाँचा राष्ट्र बैंक समक्ष प्रस्तुत गर्नुभयो भने राष्ट्र बैंक पनि सहयोग गर्न तयार छ ।
प्रतिक्रिया दिनुहोस