aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रिलायन्स लाइफको आईपीओ हितग्राही खातामा, आगामी साताभित्र नेप्सेमा सूचीकृत हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० भदौ २०७७
रिलायन्स लाइफको आईपीओ हितग्राही खातामा, आगामी साताभित्र नेप्सेमा सूचीकृत हुने

 काठमाडौं । रिलाायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । भदौ १२ गते बाँडफाँट भएको आईपीओ एक साताभित्रै हितग्राही खातामा जम्मा भएको हो । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराउनु अघि सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ता गरी हितग्राही खातामा शेयर जम्मा गरिदिएको हो । सिडिएससीले आरएलआईको संकेत प्रदान गरी कम्पनीको शेयर हितग्राही खातामा जम्मा गरिदिएको हो । 

यस कम्पनीले भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि ६३ लाख कित्ता आईपीओ विक्री गरेको थियो । कुल कित्तामध्य ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी ५६ लाख ७० हजार कित्ता अन्य सर्वसाधारणका लागि बाँडफाँट गरेको हो । 

यो शेयर आगामी साताभित्र नेप्सेमा सूचीकृत गराईसक्ने कम्पनीको तयारी रहेको छ । हितग्राही खातामा जम्मा भएपनि नेप्सेमा सूचीकृत भएपश्चात मात्र उक्त शेयर कारोबार गर्न सकिनेछ । गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ११० दशमलव ४५ रुपैयाँ रहेको छ । 

नेप्सेले पहिलो कारोबारको लागि मूल्य निर्धारण गर्दा नेटवर्थको तीन गुणासम्मको मूल्य तोक्ने हुदाँ यस कम्पनीले  ३०० रुपैयाँभन्दा माथीकै मूल्य रेञ्ज पाउने देखिन्छ । हाल कम्पनीको चुक्तापूँजी  २ अर्ब १० करोड रुपैयाँ पुगेको छ । यसमा संस्थापकतर्फको स्वामित्व १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । 
 
 

प्रतिक्रिया दिनुहोस