aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

सिवाईसी नेपालले शालीग्राम लघुवित्तलाई प्राप्ती गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० भदौ २०७७
सिवाईसी नेपालले शालीग्राम लघुवित्तलाई प्राप्ती गर्यो

बागलुङ । बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिले म्याग्दीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ती (एक्विीजीशन) गर्ने भएको छ ।  

सिवाईसीले शालीग्रामलाई प्राप्ती (एक्विीजीशन) गर्ने सम्वन्धि समझदारी पत्रमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष पद्मनाथ शर्मा र शालीग्राम लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष कृष्णवहादुर थापाले शनिवार सिवाईसीको केन्द्रिय कार्यालय बागलुङ बजारमा हस्ताक्षर गरेका छन् । 

प्राप्ति गर्ने सम्वन्धमा नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न÷गाभिने तथा प्राप्ति (एक्विजिसन) र विलय (मर्जर) सम्वन्धी नियमावली २०७३ (चौथो संशोधन २०७५) को विनियमावली ५ बमोजिम दुबै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा शनिबार भदौ २० गतेदेखि ४ महिना भित्र एकिकृत कारोवार थाल्ने र नयाँ संस्थाको नाम सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि.राख्ने उल्लेख छ । हाल सिवाईसीको राष्ट्रिय स्तरको कार्यक्षेत्र छ भने शालीग्रामको गण्डकी प्रदेशका ११ जिल्लामा कार्यक्षेत्र रहेको छ ।

प्राप्ती (एक्विजिसन) पश्चात एकिकृत संस्थाको संस्थापक शेयर ८ करोड ६८ लाख १७ हजार हुनेछ भने जारी पुँजीको ३ करोड ८२ लाख ८३ हजार सर्वसाधरणलाई विक्रिको लागि निष्कासन गरेपश्चात चुक्ता पुँजि १२ करोड ५१ लाख कायम हुनेछ । 

समझदारी पत्रमा हस्ताक्षर समारोहका क्रममा बोल्दै संस्थाका अध्यक्ष पद्मनाथ शर्माले प्राप्ती पश्चात संस्था एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने धारणा राखेका थिए । कार्यक्रममा सिवाईसीको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले स–साना संस्थाहरु धैरै बनाउने भन्दा पनि एउटा ठुलो संस्था बनाउदा संस्थाको हित हुने बताएका थिए ।  

कार्यक्रममा शालिग्रामका अध्यक्ष कृष्णवहादुर थापाले गरिव तथा विपन्न सदस्यहरुको आर्थिक उत्थान र दुवै संस्थाको विकासका लागि प्राप्तीका समझदारी कोशेढुङ्गा सावित हुने कुरा व्यक्त गरेका थिए । 

कार्यक्रममा शालिग्रामका सञ्चालक सन्तोष रावल, भ्रच्योल माध्यमबाट सिवाईसीका सञ्चालक डोलीन्द्र प्रसाद शर्मा तथा शालीग्रामका सञ्चालक ज्ञानेन्द्र सुवेदी र अर्जुन थापाले आफ्ना भनाई राखेका थिए ।  
 

प्रतिक्रिया दिनुहोस