aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सिभिल सहकारी समस्यामा छैन, २/४ करोड सहयोग गर्न अध्यक्ष तामाङले गरे अपिल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ जेठ २०७६
सिभिल सहकारी समस्यामा छैन, २/४ करोड सहयोग गर्न अध्यक्ष तामाङले गरे अपिल

काठमाडौं । सिभिल सहकारी को–अपरेटिभले प्रक्रिया पुर्याएर काम गरिरहेको र सञ्चारमाध्यममा आएको  कुरा गलत भएको आरोप लगाए । जिल्ला सहकारी संघ काठमाडौंमा भएको एक छलफल बिच सिभिल ग्रुपको अध्यक्ष इच्छाराज तामाङले यस्तो कुरा बताएका हुन् । 

सिभिल सहकारी सदस्यको बचतबाट सञ्चालन भएको हुँदा सदस्यहरूको हितमा  काम गरिरहेको अध्यक्ष तामाङले बताए । सिभिल सेभिङ एन्ड क्रेडिट सहकारीले निक्षेपकर्ताको पैसा फिर्ता गर्न नसकेपछि  संस्था आंशिक बन्दै गएको समाचारहरु सञ्चारमाध्यममा आइरहेको सन्दर्भमा प्रस्ट्याउँदै उनले आरोप मात्र भएको जनाए ।
 
आफैं साहू र आफै ऋणी बनिरहेको सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ उच्च जोखिममा रहेको  चरम संकट बढेसँगै सहकारी नेतृत्वले गत जेठ १५ गतेदेखि सिभिल सहकारी बन्द गर्ने निर्णयमा पुगेको थियो ।

सदस्यको पैसा आफूखुसी चलाउदाँ सहकारी समस्यामा परेको र संस्थाले आकर्षक ब्याजको प्रलोभनमा सदस्यबाट थप रकम उठाउन खोजेको तर, सदस्य निक्षेपकर्ताले पुरानै निक्षेपको ग्यारेन्टी नभएको भन्दै थप लगानी गर्दा इच्छुक नदेखिएपछि संस्था बन्द हुन पुगेको  जस्ता समाचार झुटा रहेको तामाङले बताए ।

सिभिल सहकारी समस्यामा पर्दा अरू सहकारी पनि समस्यामा पर्छन र देशलाई नै अर्थतन्त्रमा ठुलो घाटा लाग्ने अध्यक्ष तामाङले बताए । उक्त सहकारीमा ७ अर्ब बरावरको बचत र २५/२६ अर्ब  बराबरको सम्पत्ति रहेको छ । 

उनले भने ‘आफ्नो संस्थामा भएको सम्पत्ति प्रक्रिया पुर्याएर काम गरिरहेको छौं बाहिर  मिडियाहरूले अनावश्यक हल्ला फिजाइरहेका छन् । सहकारीका सदस्यलाई हाम्रो वास्तविकता बुझाउँदै आएको र सहकारीको विषयमा बाहिर आएको कुराले विगत एक वर्षदेखि निकै तनाव भएको उनले बताए ।

सिभिल सहकारीमा रहेको जग्गा सेवा शुल्क तिरेर जनताले उपभोग गर्न पाउने अध्यक्षले बताए । ‘हामीलाई कामगर्ने मौका दिनुस नियम कानुन अनुसार नै अगाडि बढ्छौ यो सहकारीलाई तल माथि डगमगाउन दिदैनौ’ । 

एउटा सहकारीलाई दुःख  पर्दा अर्को सहकारीले मदत गर्ने हो भने ससहकारीमा समस्या आउँदैन बैंकमा इन्टर बैंक बरोइङ गर्न मिल्छ, नयाँ सहकारी ऐनमा पनि इन्टर को–अपरेटिभ बरोइङ गर्न मिल्ने व्यवस्था छ । त्यसैले तपाईहरुमध्ये इच्छुक सहकारी संस्थाहरुले हामीलाई आर्थिक रुपमा, २,४ करोड सहयोग गरेर लगानी गरेर सहयोग गरिदिनुहोस ।’ यसो गर्दा सकारात्मक सोच राख्दा ऊर्जा दिन्छ र सांकेतिक ऊर्जाले धेरै काम गर्न सकिने अध्यक्षको भनाई छ । 

उनले सहकारीको विषयमा आएका विभिन्न समाचारका कारण संस्थाबाट सदस्यहरुले बचत झिक्लान की भन्ने तनाबमा रहेको बताए । यतिबेला सहकारीमा तरलता अभाव हुने हो की भन्ने चिन्तामा पनि आफूहरु रहेको उनले बताए ।

उनले भने ‘अहिले हाम्रो संस्थामा रहेका सदस्यहरु आएर एकै पटक पैसा निकाल्न थाले भने तरलता अभाव हुनेछ, यसका लागि हामीले व्यवस्थापन गरिरहेका छौं ।’ सहकारीले दिएको ऋणमध्ये ८० प्रतिशत सिभिल ग्रुरुपले विभिन्न प्रोजेक्टमा लगानी गरेको छ ।  आगामी दिनमा आईटी, होटल, जलविद्युत कम्पनीमा लगानी गर्ने सोच बनाएको बताए ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका सहकारी विभाग प्रमुख नवराज अधिकारीले आगामी ३ वर्र्ष ्भित्रमा कृतिम सदस्यलाई बन्द गरेर प्राकृतिक व्यक्तिलाई मात्रै सदस्य बनाउन सुझाव दिए ।

सहकारीले एकै क्षेत्रमा ८० प्रतिशत लगानी गरेकोले आगामी दिनमा बचतकर्ताको विश्वास गुमेको खण्डमा आईपर्ने समस्याको विषयमा पहिले नै सचेत बन्न आग्रह गरेका छन् । अहिले सहकारी संस्था ३, ४ नम्बरको गियरमा चल्न खोज्दा समस्या हुने भएकाले आगामी दिनमा गियरलाई सन्तुलन गरेर लैजान आग्रह गरे ।

सहकारी संस्था तरलताभन्दाबढी नेटवर्थ कमजोर भएकोले डुब्न सक्ने भन्दै उनले त्यसतर्फ सचेत हुन आग्रह गरे । सहकारी पनि सिभिल बैंक जस्तै ढंगले चलेको देखिएकोले आगामी दिनमा सहकारीलाई सहकारीको मोडलमा चलाउन पनि सुझाव दिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस