aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

सोमवारदेखि तीन वटा लघुवित्त एक हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ भदौ २०७७
सोमवारदेखि तीन वटा लघुवित्त एक हुदैं

काठमाडौं । भदौ २२ गते सोमवारदेखि तीन लघुवित्त एक हुने भएका छन् । जीवन विकास लघुवित्त , सल्भ लघुवित्त र गरिबी न्यूनिकरण लघुवित्तले मर्जर प्रकृया सम्पन्न गरी सोमवारदेखि एकिकृत कारोबार सुरु गर्न लागेका हुन ।

एकिकृत कारोबार भने जीवन विकास लघुवित्त वित्तीय संस्थाको नामबाट हुनेछ । तीन वटै कम्पनीहरुले मर्जर सम्बन्धि प्रस्ताव छुट्टाछुट्टै विशेष साधारण सभाबाट पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले साउन २६ गते मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेसँगै यी कम्पनीहरुले एकिकृत कारोबार सुरु गर्न लागेका हुन । 

यी लघुवित्तले नेपाल राष्ट्र बैंकबाट गत साउन २६ मा एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति प्राप्त गरेका थिए भने कम्पनी रजिष्ट्रारको कार्यालयले पनि स्वीकृति दिइसकेको छ । 

एकीकृत कारोबार गर्नको लागि डाटा माइग्रेसनको काम गर्नुपर्ने भएकाले भदौ १९, २० र २१ गते तीनवटै वित्तीय संस्थाहरुले प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ कारोबार बन्द भएकाे छ । हालसम्म यी तीन लघुवित्तमध्ये कुनैले पनि आइपीओ जारी गरेका छैनन् ।

जीवन विकासको केन्द्रिय कार्यालय  मोरङको कटहरी गाउँपालिकामा छ भने सल्भ लघुवित्तको धनकुटा नगरपालिका र गरिबी न्यूनीकरण लघुवित्त सप्तरीको राजविराजमा छ ।

सल्भ लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण आइतबार सार्वजानिक गरेको छ । कम्पनीको चुक्ता पुँजी ४ करोड २० लाख छ भने जगेडा कोषमा ४ करोड ९० लाख छ। गत आवसम्म कम्पनीले ३४ लाख रुपैयाँ नाफा गरेको छ । 

सप्तरीको राजविराजमा रहेको गरिबी न्यूनीकरण लघुवित्तको अधिकृत पुँजी ६ करोड छ भने चुक्ता पुँजी १ करोड ४० लाख छ । त्यस्तै जीवन विकास लघुवित्तको चुक्ता पुँजी १४ करोड छ । तीन लघुवित्त गाभिएपछि चुक्ता पुँजी १९ करोड ६० लाख पुग्ने भएको छ । 
 

प्रतिक्रिया दिनुहोस