
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको भदौ २२ गते विहान बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ८९ करोड ९३ लाख २३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र वितरणयोग्य हुनेछ ।
प्रतिक्रिया दिनुहोस