
काठमाडौं । प्रोग्रेशि फाइनान्स लिमिटेडले बाग्मती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नं २ मा आठौं शाखा कार्यालयका सोमबारदेखि कारोबार सञ्चालन गरेको छ ।
यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु हेटौंडा शाखाबाट समेत प्रवाह गरिनेछ । देशका प्रमुख शहरहरुमा शाखा स्थापना गरी सरल तथा सहजवित्तीय सेवाउपलब्ध गराउने उद्देश्य अनुरुप यो शाखाकार्यालय स्थापना गरिएको हो ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाइँले कोभिड १९ को महामारीकाबीच स्थापना गरिएको यस नयाँ शाखाले हेटौंडा उपमहानगरपालिका सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलो मै गई उच्चतम प्रविधि उपयोग गरी वित्तीय सेवाउपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, कनेक्ट आइपीएस, सी आस्वालगायतका डीजीटल बैकिङ सम्बन्धी सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशि फाइनान्सले छिटै शाखा रहित बैकिङ सेवा संचालन गर्ने योजना अघि बढाएको छ ।
कुल ८० करोड १ लाख चुक्तापुँजी रहेको यस वित्तीय संस्थाले हाल ७ वटा शाखा कार्यालय तथा ४ वटा एक्सटेन्शन कार्यालयहरु मार्फत आफ्ना सेवातथा सुविधाहरु प्रवाह गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस