
एजेन्सी । अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित ई–कमर्स कम्पनी सगुनले धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई झुट कुरा गरेको छ । आइतबार भर्चुअल पत्रकार सम्मेलन गर्दै नेपालबाट आइपीओ मार्फत उठाएको रकम नेपाल बाहिर नलैजान भनेको छ । अमेरिकामा दर्ता भएको कम्पनीले नेपालमा आइपीओ विक्री कुन आधारमा विक्रि गरेकोभन्दा धितो पत्र बोर्ड सूचना जारी गर्दै नेपालीलाई लगानी नगर्न आग्रह गरेको थियो ।
सगुनले आइतबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनका क्रममा संस्थापक गोविन्द गिरी भने, “हामीलाई आफ्नै भूमिमा एउटा प्लेटफर्म मात्रै चाहिएको हो, हामीले नेपालीबाट प्राप्त गरेको मुनाफा नेपालकै आर्थिक समृद्धि र विकासका लागि प्रयोग गर्ने छौं । यसमा ढुक्क हुनुस्, नेपालबाट कमाएको सबै पैसा हामी नेपालमै रोजगारी र आर्थिक विकासका लागि प्रयोग गर्छौ,। ” उनले धितोपत्र बोर्डले जारी गरेको सूचनाको जवाफ दिँदै सगुनको आइपीओ नेपालीलाई नभएको भन्दै नेपालको धितोपत्र बोर्डसँग कुनै पनि सम्बन्ध नभएको जवाफ दिएका थिए ।
उनले पत्रकार सम्मेलनमा सगुनमा मिनी आइपीओमार्फत लगानी गर्न पुनः आह्वान समेत गरेका छन । कानूनी मान्यताअनुसार लगानीकर्ता माझ आएको सगुनले आगामी जनवरीबाटै सेकेण्डरी आइपीओमा जाने लक्ष्य राखेको संस्थापक गिरीले बताए ।
पत्रकार सम्मेलनमा सगुनका तर्फबाट संस्थापक गोविन्द गिरि, सह संस्थापक कविन सिटौला, सह संस्थापक स्वाति दयाल, ग्लोबल कोअर्डीनेटर सूर्य गुरुङ सहभागी थिए । त्यस्तै, नेपाल कन्ट्री म्यानेजर आनन्द बज्राचार्य, खेमराज पगेनी, चिंता बजागाई, कृष्ण गैरे, भवानी कोइराल सहभागी थिए भने सत्तम लामा, युवराज सेढाईं, सुरेन उप्रेती, यम घिमिरे, फणिन्द्र ढकाल, डा. शशि सिग्देल, ध्रुब शर्मा लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस