
काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंकले भाेली (मंगलबार)देखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएका छन् ।
बैंकहरूले देेशका बिभिन्न स्थानमा लकडाउन र निशेधाज्ञाका कारण आफ्नाे अनुकुलतामा सिमित शाखा कार्यालयहरुमात्रै खोलेर सेवा दिइरहेका छन् । सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको छ ।
साेही बमाेजिम नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि तीन दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।
राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ ।
प्रतिक्रिया दिनुहोस