
एजेन्सी । भारतको आईसीआईसीआई बैंकका पूर्व सीएमडी चन्दा कोचरका श्रीमान दीपक कोचर पक्राउ परेका छन् । भारतको प्रवर्तन निदेशालय (ईडी) ले पक्राउ गरेको हो । आईसीआईसीआई बैंकको ऋणी कम्पनी भिडियोकनले दिपकको कम्पनीको कम्पनीमा गरेको लगानीको ईडीले छानविन गरिहेको थियो । दीपक कोचरले भिडिओकान उद्योगलाई दिइने ऋणको दुरुपयोग गरेको आरोपमा प्रवर्तन निर्देशालयले पनि मुद्दा दर्ता गरेको छ ।
२०१० मा दीपक कोचरको फर्म न्यू पावर रिन्यूएबलमा भिडियोकान ग्रुपले६४ करोड भारु र म्याटिक्स फर्टिलाइजरले ३२५ करोड भारु लगानी गरेको आरोप छ । यो लगानी आईसीआईसीआई बैंकबाट ऋण पाएको केहि दिनमा नै उक्त लगानी गरेको पाएको छ ।
चन्द कोचरलाई पनि आउँदो समयमा गाह्रो लाग्न सक्छ किनकि अनुसन्धान एजेन्सीले भिडिओकान र मेटीक्स बाहेक अन्य कम्पनीहरूलाई दिएको ऋणको पनि अनुसन्धान गरिरहेको छ । आईसीआईसीआई बैंकको प्रमुख भएर चन्दा कोचरले कम्पनीहरूलाई दिएको सबै ऋणको बारेमा अनुसन्धान छानबिन गर्न सक्दछ ।
प्रतिक्रिया दिनुहोस