aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
राष्ट्र बैंक

ब्याजदर करिडोर कार्यविधि संशोधन, के के भए नीतिगत व्यवस्था ?(कार्यविधिसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ भदौ २०७७
ब्याजदर करिडोर कार्यविधि संशोधन, के के भए नीतिगत व्यवस्था ?(कार्यविधिसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर सम्बन्धी कार्यविधि, २०७६ लाई संशोधन गरेको छ । संशोधित कार्यविधिमा नीतिगत दरको रुपमा रहेको ओभरनाईट रिपो दर ०.५ प्रशितले घटाएर ३ प्रतिशत कायम गरेको छ । ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा एक हप्ता अवधिको निक्षेप संकलनको दर १ प्रतिशतमा कायम गरिएको छ । जुन यसअघि २ प्रतिशत रहेको छ । 

ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा स्थायी तरलता सुविधाको दर ५ प्रतिशत रहेको छ । उक्त दर ब्याजदर करिडोरको पहिलो संशोधनले कायम गरेको हो । त्यसअघि यस्तो दर ५.५ प्रतिशत थियो । जुन यसअघि कै यथावत हो । 

ब्याजदर करिडोर अन्तर्गत तरलता प्रवाह गर्न  बैंक तथा वित्तीय संस्थाहरूले अघिल्लो दिनको स्वदेशी निक्षेप दायित्वको ०.२५ प्रतिशतसम्म हप्तामा एकपटक रिपो सुविधा वार्षिक ३ प्रतिशत ब्याजदरमा उपयोग गर्न पाउने भएका छन् , 

यो सुविधाका लागि निवेदन दिँदा निवेदन दिनुभन्दा अघिल्लो दिन वा सो दिन विदा भएमा सोभन्दा अघिल्लो दिनको उपलब्ध अन्तर बैंक ब्याजदर (वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको भारित औसत अन्तर बैंकदर) ३.० प्रतिशतभन्दा माथि रहेको हुनुपर्ने छ ।

ओरनाईट रिपो लिएको रकम ननिखनिएसम्म धितोमा रहेको सुरक्षणपत्रहरू बैंकको अभिलेखमा समेत रोक्का रह्ने छ । साँवा र सोको ब्याज रकम फिर्ता भुक्तानी प्राप्त भएपश्चात् धितोको रुपमा रहेको सुरक्षणपत्र फिर्ता हुनेछ । 

राष्ट्र बैैंकले मौद्रिक नीतिका उद्देश्य तथा वित्तीय बजारको अवस्थालाई मध्यनजर गर्दै तरलता अनुगमन तथा प्रक्षेपण संरचनाले इंगित गर्ने तरलताको आधारमा ब्याजदर करिडोरमार्पmत् तरलता प्रवाह तथा प्रशोचन गर्ने जनाएको छ । राष्ट्र बैंकले ब्याजदर करिडोर सम्बन्धि कार्यविधिलाई संशोधन गरेर दोस्रो संशोधन,२०७७ ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस