aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

दुई लघुवित्तको बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ भदौ २०७७
दुई लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलवार सिभिल लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । सिभिल लघुवित्तले ५ प्रतिशत बोनस शेयर वापतको ५७ हजार ५७ कित्ता र सपोर्ट लघुवित्तले १० प्रतिशत बोनस शेयर वापतको ६० हजार कित्ता शेयर सूचीकृत गराएका हुन । 

सूचीकृत भएको दोस्रो दिनदेखि यो शेयर कारोबार योग्य हुनेछ । सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपश्चात मात्र शेयर कारोबार गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस