
काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डले प्रस्ताव गरेको प्रतिफल भदौ २४ गतेसम्म कायम इकाईधनीहरुले मात्र पाउने भएका छन् । यी दुवै योजनाले प्रतिफल प्रयोजनका लागि भदौ २५ गते बुक क्लोज गर्ने भएका हुन । बुक क्लोजको आधारमा बुधवारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका इकाईधनीहरु मात्र प्रतिफलका लागि योग्य हुनेछन् ।
दुवै योजनाले आर्थिक वर्ष २०७६/७७ को प्रतिफल घोषणा गरेका हुन । योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको भदौ १० गतेको सञ्चालक समितिको बैठकले नबिल व्यालेन्स्ड फण्ड २ का इकाईधनीहरुलाई ९ प्रतिशत र नबिल इक्वीटी फण्डका इकाईधनीहरुलाई ले ६ प्रतिशत प्रतिफल दिने निर्णय गरेको हो । यी योजनाहरुले भदौ ११ गते प्रतिफल सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया दिनुहोस