aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

नेपाल एग्रो पाँचौ वर्षमा प्रवेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ भदौ २०७७
नेपाल एग्रो पाँचौ वर्षमा प्रवेश

काठमाडौं । कास्की जिल्लाको पोखरा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आफ्नो स्थापनाको चार वर्ष पुरा गरि पाँचौ वर्ष प्रवेश गरेको छ । २०७३ भाद्र महिना देखी नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरि वित्तीयकारोबार सञ्चालन गरिरहेको यस संस्थाले ग्रामिण भेगका बस्तीहरुका आर्थिक र सामाजिक रुपमापछि परेका महिलाहरुलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको छ ।
 
संस्थाले आ.व ०७६÷०७७ मा आफ्नो चुक्तापुँजीलाई ५ करोड ७२ लाख पु¥याउन सफलभएको छ भने । कास्की, पर्वत, वाग्लुङ, गुल्मी, प्युठान, रोल्पा, सल्यान, पाल्पा, तनहुँ, र लम्जुङ गरि १० जिल्लामा २६ वटा शाखा कार्यालयहरु संचालन गरि १९हजार ७ सय सदस्यहरुको घर परिवारमा वित्तीय सेवा पुर्यारहेको छ ।

संस्थाले सदस्यहरुबाट २६ करोड ८४ लाख ६६ हजार बचत संकलन गरि ७५ करोड १० लाख २९ हजार कर्जा प्रवाह गरिरहेको संस्थाका प्रमुख कार्य सञ्चालन तथा कर्जा विभाग प्रमुख नयन देवकोटाले जानकारी दिए । संस्था का नि.प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले वित्तीय संस्थाको ५ औं वार्षिक उत्सवको अवसरमा सम्पूर्ण शेयरधनी, सदस्यहरु, नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिए । 
 

प्रतिक्रिया दिनुहोस