aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

व्यक्तिगत कर्जाको ब्याज स्थिर गर, अस्वस्थ प्रतिस्पर्धा नगरः गभर्नर अधिकारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ भदौ २०७७
व्यक्तिगत कर्जाको ब्याज स्थिर गर, अस्वस्थ प्रतिस्पर्धा नगरः गभर्नर अधिकारी


काठमडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थालाई व्यक्तिगत कर्जामा फिक्स ब्याजदर कायम गर्न निर्देशन दिएका छन् । आज मंगलबार बैंक तथा वित्तीय संस्थासँगको प्रमुख कार्यकारी अधिकृतसँगको छलफलमा व्यक्तिगत कर्जामा स्थिर ब्याजदर कायम गर्नुका साथै अस्वस्थ प्रतिस्पर्धा नगर्न सुझाएका छन् । 

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ऋणीलाई राष्ट्र बैंकले जारी गरेका सर्कुलरको परिधिभित्र रहेर काम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको बताए । 

युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले गभर्नरज्यूले बैंक तथा वित्तीय संस्थाको बीच अस्वस्थ प्रतिस्पर्धा नगर्न समेत निर्देशन दिएका बताए । बैकिङ क्षेत्र दीर्घकालीन व्यवसाय भएको भन्दै गभर्नर अधिकारीले अस्वस्थ प्रतिस्पर्धा नगर्न भनेका हुन् । अहिले नाफा गर्ने समय नभएकोले स्वच्छ प्रतिस्पर्धामार्फत बैकिङ प्रणाली सञ्चालन गर्न भन्नु भएको छ,’ उनले भने ।

अहिले अधिक तरलता छ भनेर ऋणको ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा नगर्न बैंक तथा वित्तीय संस्थाहरूका प्रमुख कार्यकारी अधिकृतहरूलाई निर्देशन दिएका छन्,’ सीईओ मिश्रले भने ‘अहिले यस्तो गर्दा भोलिका दिनमा समस्या आउनसक्ने गभर्नरले संकेत गभर्नरज्यूले गर्नुभएको छ ।’

अहिले वित्तीय बजारमा एक बैंकले अर्को बैंकको कर्जा तान्ने, कन्सोल्टियम लिड गरेको बैंकले अरु बैंकलाई नसोधी एकलौटी निर्णय गर्ने, आधार दरभन्दा सस्तोमा कर्जा दिनेलगायतका अस्वस्थ प्रतिस्पर्धाहरु देखिएको छ । यसो नगर्न गभर्नरबाट निर्देश भएको छ,’ उनले भने । 

गभर्नर अधिकारीले मंगलबार बैंक तथा वित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग एकिकृत निर्देशिका, २०७७ बारे छलफल गर्न बैठक बोलाएका थिए । साथै, गभर्नरले सोही अवसरमा मौद्रिक नीतिको रिभ्यू गर्न आवश्यक सल्लाह तथा  सुझाव समेत मागेको मिश्रले बताए । 
 

प्रतिक्रिया दिनुहोस