aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

मर्जको प्रक्रियामा रहेका बैंक तथा वित्तीय संस्थामा ‘कुलिंग पिरियड’ हट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ भदौ २०७७
मर्जको प्रक्रियामा रहेका बैंक तथा वित्तीय संस्थामा ‘कुलिंग पिरियड’ हट्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्था एक अर्कामा गाभ्ने/गाभिन वा प्राप्तीको प्रक्रियामा रहेका संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृतलाई कुलिंग हटाइएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको एकिकृत निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 

यसभन्दा पहिला २०७८ असारभित्र एकिकृत कारोबार गर्ने वित्तीय संस्थामा मात्र लागू हुने भनिएकोमा अब भने एकिकृत कारोबार सञ्चानल वा एकिकृत कारोबार सञ्चालन भएको तीन महिनाभित्र पदमुक्त भएमा ‘कुलिंग पिरियड’ लागू नहुने राष्ट्र बैंकले संशोधान गरेको निर्देशिकामा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस