
काठमाडौं । बाणिज्य बैंकहरुले काठमाडौं उपत्यका बाहिरका महानगरपालिका र उप महानगरपालिमा शाखा खोल्न थप सहजीकरण गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै बाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७८ असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा २०७९ असार मसान्तसम्म शाखा कार्यालय खोल्न यस बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको हो ।
साथै, शाखा कार्यालय तथा एक्सटेन्सन काउन्टर खोल्दा कारोबार शुरु गरेकै दिन उक्त शाखा तथा एक्सटेन्सन काउन्टर सम्बन्धी विवरण यस बैंकको रिपोर्टिङ पोर्टलमा अद्यावधिक गर्नु पर्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस