
काठमाडौं । राष्ट्र बैंकले घर कर्जा लिने र गाडी खरिदका लागि कर्जा लिनेलाई राहत दिएको छ । राष्ट्र बैंकले घर र गाडी कर्जाको ब्याज कहिले पनि परिवर्तन गर्न नपाउने व्यवस्था गरेका कारण यस्ता ग्राहकले राहत पाएका हुन् । राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै यस्तो कर्जाको ब्याज कर्जा अवधिभर फिक्स गर्न भनेको हो । यो व्यवस्था सहित बीचबीचमा कर्जाको ब्याजदर बढाउँदै आएका बैंकको मनोमानी सकिएको छ ।
अब गाडी तथा घर कर्जाको ब्याजमा परिवर्तन गर्न नपाउने भएपछि ऋण लिदा तय भएको कर्जाको ब्याजदर मै ऋणीले कर्जा पाउने भएका छन् । राष्ट्र बैंकले व्यक्तिगत कर्जामा नयाँ व्यवस्था गर्दै कर्जाको ब्याज परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो । यसले गर्दा ऋणीले कर्जाको अवधिभर तपाईंले एउटा निश्चित रकम किस्ता तिरे पुग्ने भएको छ ।
बैंकहरुले बेसरेट परिवर्तन भएसँगै ब्याजदर घटबढ गर्दा व्यक्तिगत प्रयोजनका लागि कर्जा लिने ऋणीहरू समस्यामा परेको निष्कर्ष निकाल्दै राष्ट्र बैंकले कर्जा अवधिभर निश्चित ब्याजदर कायम गर्न निर्देशन दिएका हो । बैंक तथा वित्तीय संस्थाले कर्जा, निक्षेपको ब्याजदर, आधार दर र ब्याजदर अन्तरको विगत ३ वर्ष अवधिको विवरण वेवसाइटमा प्रकाशन गर्नुपर्ने छ ।
यो निर्देशन जारी हुनुपूर्व मासिक/त्रयैमासिक/आवधिक किस्तामा भुक्तानी हुने गरी ब्यक्तिको नाममा प्रवाह भएका घर कर्जा तथा गाडीलगायतका कर्जा आवधिक कर्जाको हकमा ग्राहकको अनुरोधमा स्थिर ब्याजदर कायम हुने गरी कर्जाका शर्तहरु परिवर्तन गर्नु पर्नेछ ।
यो व्यवस्थाको अनुपालनाको लागि कर्जाका शर्त वा भुक्तानी तालिका वा किस्ता रकममा भएको परिवर्तनलाई पुनरतालिकिकरण वा पुनरसंरचना मानिने छैन । यस्तो कर्जा अवधिभर परिवर्तन नहुने गरी नयाँ कर्जाको लागि तोकिने स्थिर ब्याजदर अर्धवार्षिक रुपमा मात्र निर्धारण तथा प्रकाशन गर्नु पार्नेछ ।
सुरक्षित धितो लिएर सामुहिक तथा व्यक्तिगत आधारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रदान गर्दै आएको कर्जाको सीमा बढाएर ७ लाख रुपैयाँ पुर्याएको छ । यसअघि यस्तो कर्जाको सीमा ४ लाख रुपैयाँ मात्र थियो ।
प्रतिक्रिया दिनुहोस