aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सहकारीको ५ करोड ६७ लाख ठगी गर्ने एक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ भदौ २०७७
सहकारीको ५ करोड ६७ लाख ठगी गर्ने एक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका २१ न्युरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३१ बस्ने ४४ वर्षीय राजकाजी खड्गीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त सहकारीको प्रबन्धक पदमा ७ वर्षसम्म कार्यरत रहँदा हिसाव तथा सहकारीको बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिई हिसाबको विवरण नदेखाई रकम ठगी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका २३ धापाखेलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस