aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

एनआइसी एशिया ग्रोथ फण्डको मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ भदौ २०७७
एनआइसी एशिया ग्रोथ फण्डको मूल्य समायोजन

काठमाडौं । एनआईसी एशिया ग्रोथ फण्डको इकाईको मूल्य समायोजन भएको छ । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस योजनाको १२ प्रतिशत नगद लाभांशपछिको इकाईमूल्य नेप्सेले तोकेको हो । नेप्सेले यस योजनाको बुधवार कायम अन्तिम इकाई मूल्य  ११ दशमलव १९ रुपैयाँको आधारमा समायोजन पश्चातको मूल्य ९ दशमलव ९९ रुपैयाँ तोकेको हो । 

योजनाले प्रस्तावित प्रतिफलका लागि भदौ २५ गते बुक क्लोज गरेकाले प्रतिफल पछिको मूल्य नेप्सेले तोकेको हो । गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट योजनाले कर सहित १२ प्रतिशत नगद लाभांश दिन लागेको हो । बुक क्लोजको आधारमा भदौ २४ गतेसम्म कायम भएका इकाईधनीहरुले मात्र यो प्रतिफल पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस