
काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको ४२ दिनमा ३१ अर्ब निक्षेप संकलन गरेर ३० अर्ब कर्जा प्रवाह गरेका छन् । साउन ९ गतेसम्म कुल ३४ खर्ब ६२ अर्ब निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थामा भदौ १९ गतेसम्म आइपुग्दा निक्षेप बढेर ३४ खर्ब ९१ अर्ब पुगेको नेपाल बैकर्स संघले जानकारी दिएको छ ।
त्यस्तै वाणिज्य बैंकहरूले सो अवधिमा ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरूले साउन ९ गतेसम्म २८ खर्ब ६७ अर्ब कर्जा प्रवाह गरेका थिए । सो कर्जा बढेर भदौ १९ गतेसम्म २८ खर्ब ९७ अर्ब पुगेको छ । यो अवधिमा कर्जा प्रवाह विस्तारै बढ्दै गएको देखिएको छ भने निक्षेप संकलन घटबढ हुँदै अघि बढेको देखिन्छ ।
वाणिज्य बैंकहरूमा गत साउन १६ गते नै ३४ खर्ब ८७ अर्ब निक्षेप संकलन भएको थियो । बीचमा त्यो निक्षेप घटेर ३४ खर्ब ७६ अर्बसम्म ओर्लियो । त्यसपछिका दिनमा फेरि निक्षेप बढ्न थालेको हो ।
प्रतिक्रिया दिनुहोस