
एजेन्सी । मार्च महिनामा भारतको रिजर्व बैंकले त्यहाको निजी क्षेत्रको एस बैंकलाई ठूलो कारबाही गरेको थियो । एस बैंकको बोर्डलाई विघटन पनि गर्यो । उक्त बैंकका खातावालाहरूलाई एक महिनामा ५०,००० रुपैयाँ भारु सम्म निकाल्न अनुमति दिएको थियो ।
खातावालाहरूको हितलाई ध्यानमा राख्दै रिजर्व बैंकले यस बैंकलाई ५० हजार करोड रुपैयाँ भारुको ऋण समेत दिने अनुमति दिएको थियो । अब एस बैंकले ५०,००० करोड रुपैयाँको पूरा ऋणको भुक्तानी गरिसकेको छ ।
बैंकका अध्यक्ष सुनील मेहताले यसको जानकारी दिँदै आर्थिक वर्ष २०२०÷२१ बैंकका लागि परिवर्तनको वर्ष भएको जनाकारी गराए । भारतीय स्टेट बैंकको नेतृत्वमा १०,००० करोडको अभूतपूर्व राहत प्याकेजले यस बैंकलाई नयाँ जीवन दिएको समेत उनले बताए । यसै बीच एस बैंकको शेयर मूल्य पनि बढेको छ । यस बैंकको शेयर मूल्य हप्ताको अन्तिम व्यापार दिनमा ४ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस