
काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकले १८ औं वार्षिक साधारण सभा असोज १६ गते बोलाएको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम “ख” वर्गको जिल्ला स्तरिय विकास बैंकले पु¥याउनुपर्ने ५० करोड रुपैयाँ बराबरको चुक्तापूँजी कायम गर्न शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सहित सभा आव्हान गरेको हो । कम्पनीले ६ करोड ५६ लाख १६ हजार ९००रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्नेछ ।
हकप्रद जारी पश्चात चुक्तापूँजी बृद्धि हुने हुदाँ सोहि अनुसारको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । सभाले यस बैैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक जिम्वेवारी पुरा गन सञ्चालक समितिलाई अख्तियारी दिने छ ।
साथै आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित , गत आर्थिक वर्षकोको लागि लेखा परिक्षक नियुक्ति र जिको पारिश्रमिक निर्धारण, सञ्चालक नियुक्ति अनुमोदन लगाएतका विषय पनि सभामा छलफलका लागि तय भएका छन् । साधारण सभा प्रयोजनका लागि बैंकले असोज ८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोजको मिति तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस