aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

कामना सेवामा खाता भाइवर वा फेसबुक मेसेन्जरबाटै खोल्न मिल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ भदौ २०७७
कामना सेवामा खाता भाइवर वा फेसबुक मेसेन्जरबाटै खोल्न मिल्ने

काठमाडौं । अब कामना सेवा विकास बैंकका ग्राहक महानुभावहरुले घरमा नै बसेर भाइवर वा फेसबुक मेसेन्जर जस्ता सामाजिक सञ्जालको माध्यमद्वरा खाता खोल्ने ब्यवस्थ गरेको छ । 

साथै सामाजिक सञ्जालबाटै केवाइसी अपडेट गर्ने , चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने,  स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौता थाहा पाउने जस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका छन् । 

बैंकका अध्यक्ष सुदिप आचार्यद्वारा फेसबुक लाईभका माध्यमबाटआज यो नवीनतम् प्रविधिमा आधारित “ प्क्द्यद्यी क्यअष्ब िःभमष्ब द्यबलपष्लन एबितायचm”को शुभारम्भगर्नुभएको हो ।

भाईबरको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्न ग्राहक मानुभावहरुले बैंकले प्रदान गरेको त्तच् ऋयमभ क्अबल गर्नु पर्ने छ भने फेसबुकको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्नको लागि बैंकको फेसबुक पेज सर्च गरी मेसेज पठाऊनु पर्ने बैंकले जनाएको छ ।

कोरोनाभाइरसको महामारीकोबीच सोसल मिडिया बैंकिङसेवा शुरुवात गरी बैंकले आफ्ना ग्राहक महानुभावहरुलाइथप सुविधा प्रदान गरी बैंकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु घरमै बसी लिन सकिने व्यवस्था गरेकोले यसबाट ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस