aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

बिओकेमा पाइन्छ शुन्य ब्याजदरमा विद्युतीय सामान किन्ने किस्ताबन्दी योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ भदौ २०७७
बिओकेमा पाइन्छ शुन्य ब्याजदरमा विद्युतीय सामान किन्ने किस्ताबन्दी योजना

काठमाडौं । बैंक अफ काठमाण्डूले घरायसी विद्युतिय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी ल्याइएको सरल किस्ताबन्दी सहितको विशेष योजनामा बैंकको क्रेडिट कार्ड बाहक ग्राहकलाई आवश्यक CG, LG, Godrej, TCL, Sensei, Elica, Kent tyf Black & Décor ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने बैंकले जनाएको छ ।  

यस योजना अन्र्तगत बैंकको क्रेडिट कार्ड बाहक ग्राहक महानुभावहरुले CG, LG, Godrej, TCL, Sensei, Elica, Kent tyf Black & Décor ब्रान्डको घरायसी विद्युतिय उपकरणहरु जस्तै टिभि रहेको छन । 

त्यस्तै मोबाइल, Music System,लुगा धुने मेसीन, AC, Microwave, Vacuum cleaner, Dish Washer, Styler, Water Purifier system, Chimney and Kitchen appliances किस्ताबन्दीमा खरिद गर्न सकिन्छ । 

यस योजनाबाट बैंकको क्रेडिट कार्डको प्रयोग गरी किस्ताबन्दीमा घरायसी विद्युतिय उपकरण खरिद गर्दा ग्राहक महानुभावहरुलाई कुनैपनि ब्याज लाग्ने छैन । बैंक अफ काठमाण्डू लिमिटेड र CG Digital Pvt. Ltd. बिच भएको ब्यापारीक सम्झौता अन्र्तगत बैंकको ग्राहक महानुभावहरुलाई यस सरल किस्ताबन्दीमा विभिन्न स्थानको सोरुमहरुबाट सामान खरिद गर्न सकिने सुविधा रहेको बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस