aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

सारथी लघुवित्त र नयाँ नेपाल लघुवित्तको एकिकृत कारोबार हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ भदौ २०७७
सारथी लघुवित्त र नयाँ नेपाल लघुवित्तको एकिकृत कारोबार हुँदै

काठमाडौं । सारथी लघुवित्त वित्तीय संस्था र नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले मर्जर प्रकृया सम्पन्न गरी असोज ५ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको सारथी लघुवित्त र १० जिल्ला कार्यक्षेत्र भएको नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले आ–आफ्नो विशेष साधारण सभामार्फत मर्जर सम्बन्धि प्रस्ताव पारित गरेका थिए । यी दुई कम्पनीविच असार २४ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो ।

उक्त सम्झौता बमोजिम नेपाल राष्ट्र बैंकले भदौ ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट भदौ २२ गते स्वीकृति पाएसँगै एकिकृत कारोबार सुरु गर्न लागेका हुन । 

यी दुई कम्पनी १ बराबर १ शेयर आदानप्रदान गर्ने सम्झौता अनुसार मर्जरमा गएका हुन । मर्जर प्रयोजनका लागि नयाँ नेपाल लघुुवित्तको शेयर कारोबार गत माघ २१ गतेदेखि रोक्का रहेको छ । हाल सारथीको चुक्तापूँजी रू. १३ करोड १६ लाख ६० हजार रहेको छ भने नयाँ नेपाल लघुवित्तको रू. १० करोड ८ लाख रहेको छ । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सारथीले रू. २ करोड ५ लाख ४५ हजार खुद नाफा गरेको छ भने नयाँ नेपाल लघुवित्तले रू. १ करोड ६३ लाख ५१ हजार खुद नाफा गरेको छ । जगेडा कोष रकम नयाँ नेपालको रू. ३ करोड ७९ लाख ७५ हजार छ भने सारथीको रू.४ करोड ७६ लाख ५८ हजार छ । नयाँ नेपाल लघुवित्त धितोपत्र बजारमा सूचीकृत कम्पनी हो भने सारथी लघुवित्तले यसै वर्ष सर्वसाधारणलाई आईपीओ जारी गरी सूचीकृत हुने तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस