aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

सिटिजन्स भ्युचुअल फण्डकाे प्रतिफल घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० भदौ २०७७
सिटिजन्स भ्युचुअल फण्डकाे प्रतिफल घोषणा

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ ले प्रतिफल घोषणा गरेका छन् ।

सिबिआईएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यी दुई योजनाले आर्थिक वर्ष २०७६/७७ को लागि प्रतिफल घोषणा गरेका हुन ।

योजना व्यवस्थापन सिबिआईएल क्यापिटल लिमिटेडको भदौ २९ गतेको सञ्चालन समितिको बैठकले सिटिजन्स म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई कर सहित १५ प्रतिशत र सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

दुवै योजनाको इकाई धितोपत्र दोस्रो बजारमा सूचीकृत भएकाले बुक क्लोजको मिति भने पछि सार्वजनिक गर्ने योजना व्यवस्थापकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस