aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

५० लाखकाे बैकिङ कसुर लागेका फरार ब्यक्ति पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० भदौ २०७७
५० लाखकाे बैकिङ कसुर लागेका फरार ब्यक्ति पक्राउ

कास्की । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रुपा गाउँपालिका-५ देउराली बस्ने ५७ वर्षीय केश बहादुर गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

दण्डहिनता विरुद्धको अभियान अन्तर्गत उच्च अदालत पाटनको २०७६ चैत १० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५० लाख रुपैयाँ जरिवाना र ६ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-६ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको   छ । 
 

प्रतिक्रिया दिनुहोस