aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

पत्रकार महांघद्धारा देशभरका प्रशासन कार्यालय अगाडि धर्ना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ बैशाख २०७६
पत्रकार महांघद्धारा देशभरका प्रशासन कार्यालय अगाडि धर्ना

पत्रकारले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गरी धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँको अगुवाइमा देशभर पत्रकारले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि बिहीबार एक घण्टा धर्ना दिएका हुन् । पत्रकारहरुले बिहीबार दिउँसो १२ देखि १ बजेसम्म धर्ना दिएका हुन् ।

काठमाडौँ शाखाले पत्रकारमाथि भएको धरपकड रोक्नुपर्ने लगायत माग राख्दै प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।

पत्रकार महासङ्घले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेको छ भन्दै उक्त दफा खारेजीको माग गर्दै देशभर सङ्घर्षका कार्यक्रम चलाएको छ । महाङ्घले प्रेस स्वतन्त्रताको माग गर्दै बुधबार गृह  र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनसमेत बुझाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस