aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

नबिल चाडपर्व योजना, सस्तो ब्याजमा घर कर्जा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ असोज २०७७
नबिल चाडपर्व योजना, सस्तो ब्याजमा घर कर्जा

काठमाडौं । नबिल बैंकले चाडपर्व योजना सार्वजनिक गरेको छ । नेपालीहरूको मुहारमा मुस्कान ल्याउन, मुलुकको विश्वासिलो बैंक, नबिल बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना शुरू गरेको हो । 

नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने र कर्जाको हकमा सोको लागत घटाउने हुनाले यस योजनाले महामारीको कारण हुने आर्थिक कठिनाइ कम गर्न मुद्दत पुर्यायने भन्ने बैंकले आशा गरेको छ ।

यस योजना अन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको थियो । त्यस्तै गरी १ वर्षसम्मको मुद्दती खातामा बैंकले ८.५ प्रीत्श्त् ब्याजदर प्रदान गर्नेछ  । २ वर्षभन्दा माथि र ५ वर्षसम्मको व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५ प्रतिशत ब्याजदर र ५ वर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५० प्रतिशत ब्याजदर प्रदान गरिनेछ । 

साथै, घर कर्जामा  ७.४९ प्रतिशत, धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमास् ७.९९ प्रतिशत, साना तथा मझौला कर्जामा भने  एक करोड सम्मको कर्जामा ७.४९ प्रतिशत र एक करोड भन्दा माथिको कर्जामा ७.९९ प्रतिशत रहेको छ । यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने बैंकले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस