
कामना सेवा विकास बैंकले १ दशमलव ५० प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । लाभांश वितरण गर्नका लागि असार १४ गते १२औं वार्षिक साधारण सभा हुने भएको छ । बैंकको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका जेठ ३१ गतेदेखि असार १४ गतेसम्म बन्द रहनेछ ।
प्रतिक्रिया दिनुहोस