aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

कामना सेवाद्वारा अटो रिक्सा धितोमा राखी प्रवाहित विपन्न वर्गको कर्जामा ब्याज छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ असोज २०७७
कामना सेवाद्वारा अटो रिक्सा धितोमा राखी प्रवाहित विपन्न वर्गको कर्जामा ब्याज छुट

काठमाडौं । कामना सेवा विकास बैक लिमिटेडबाट व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा तथा अटो रिक्सा कर्जा सुविधा सार्वजनिक गरेको छ ।  बैंकले यातायात व्यवसायीहरुलाई श्रावण महिनाको ब्याजमा ५० प्रतिशत तथा होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुलाई श्रावण महिनाको ब्याजमा ७० प्रतिशत छुट दिइ कोभिड–१९ बाट प्रभावित व्यवसायीहरुलाई सहुलियत प्रदान गरी सकिएकोछ ।

 यो योजनामा यातायात व्यवसायीहरुले गर्नुभएको अपेक्षालाई मध्यनजर गदैं उहाँहरुको मागलाई सम्बोधन गरी राहत प्रदान गर्ने उद्देश्यले  बैंकले पुनः भाद्र महिनाको ब्याजमा छुटको योजना समेत ल्याएको छ । बैकले स्वरोजगारको लागि अटो रिक्सा लिएका  न्यून आयका भएका ऋणीलाई बैंकको हालसम्म साँवा तथा ब्याज बक्यौता चुक्ता गरेमा भाद्र महिनाको ब्याजमा शतप्रतिशत छुट दिने जनाएको छ । 

साथै यातायात व्यवसायीहरुलाई समेत सम्पूर्ण बक्यौता  चुक्ता भुक्तान गरेमा भाद्र महिनाका पाकेको ब्याजमा ३० प्रतिशतले छुट दिने योजना ल्याएकोछ । साथै आफ्नो  सम्पूण बक्यौता चुक्ता भुक्तान गर्ने यातायात व्यवसायी तथा अटो रिक्सा व्यवसायीलाई ब्याजदरमा परिमार्जन गरी यस त्रैमासको ब्याजदर ९.९९ प्रतिशत कायम गरिने समेत बैंकले जनाएको छ । यो योजनाले यातायात व्यवसायी र न्यून आय भएका अटो रिक्सा व्यवसायीहरुले अधिकतम लाभ प्राप्त गरी व्यवसाय सञ्चालनमा थप सहजता हुने समेत बैंकले विश्वास लिएको छ । 

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा ब्त्ः मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले ब्द्यद्यक्, क्ःक् द्यबलपष्लन, ःयदष्भि द्यबलपष्लन, ऋ(ब्क्द्यब्, इलष्लिभ द्यबलपष्लन, लगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस