aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

नेपाल बैंकले असोज १९ गते बोलायो विशेष साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ असोज २०७७
नेपाल बैंकले असोज १९ गते बोलायो विशेष साधारण सभा

काठमाडौं । नेपाल बैंकले असोज १९ गते भिडियो कन्फ्रेन्स मार्फत विशेष साधारण सभा गर्ने भएको छ । सभा बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा अयोजना हुने बैंकले जानकारी दिएको हो । सभामा भाग लिन चाहनेहरुलाई जुम आइडी र पासवर्ड उपलब्ध गराईनेछ । 

सभाले बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व सम्बन्धि साविकको व्यवस्थामा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने चार जना सञ्चालकबाट घटाई तीन जना कायम गर्नेछ । यसका लागि सभाले नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । 

बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाब प्राप्त भए सो बमोजिम आवश्यक फेरबदल गर्न सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । विशेष साधारण सभा प्रयोजनका लागि बैंकले असोज ८ गते बुक क्लोज गर्ने जानकारी सुचना मार्फत गराएको छ । बुक क्लोजको आधारमा असोज ७ गतेसम्म कारोबार भई नियमअनुसार नामसारी भएका शेयरधनीहरु मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।
 

प्रतिक्रिया दिनुहोस