aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक शेयर विक्री खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ असोज २०७७
एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक शेयर विक्री खुला

असोज १, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले ५ लाख कित्ता संस्थापक शेयर असोज २ गतेदेखि विक्री खुला गरेको छ । बैंकले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरेको हो ।

 कात्तिक ६ गतेसम्म विक्रीमा रहने यो शेयर खरिदका लागि न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिनेछ भने अधिकतमको लागि कुनै सीमा तोकिएको छैन् । यो शेयरको न्युनतम मूल्य रू. ११० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

आवेदन विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा प्राप्त गर्न र बुझाउन सकिनेछ ।  प्राप्त आवेदन कात्तिक २० गते अपरान्ह ३ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने जानकारी बैंकले सुचना मार्फत गराएको छ । 

प्रतिक्रिया दिनुहोस