
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख १० हजार कित्ता संस्थापक शेयर असोज २ गतेदेखि लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले न्यूनतम प्रतिकित्ता ७२५ रुपैयाँ मा उक्त शेयर विक्री खुला गरको हो ।
यसर्थ यो शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान कम्पनीका संस्थापकहरु वा जो कोही व्यक्ति ,कम्पनी , संघ, संस्थाहरुले कात्तिक ६ गतेभित्र गोप्यशिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् । यो शेयर खरिदका लागि न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आवेदन विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बुझाउनुपर्नेछ । प्राप्त बोलपत्र कात्तिक १८ गते अपरान्ह ३ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ ।
प्रतिक्रिया दिनुहोस