
काठमाडौं । सनराइज बैंकको बुधबार बसेको सञ्चालक समितिले चार वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा निरज श्रेष्ठ नियुक्त गरेको छ।
रत्नराज बज्राचार्य बाहिरिएपछि श्रेष्ठलाई नियुक्त गरेको बैंकले जनाएको छ। श्रेष्ठले आफ्नो कार्यकाल पुरा नहुँदै माछापुच्छ्रे बैंकबाट राजिनामा दिएर बसेका थिए । ३० वर्षको बैंकिङ अनुभाव बटुलेका श्रेष्ठले स्ट्यान्डर्ड चार्टर्डबाट आफ्नो बैंकिङ करियर शुरु गरेका हुन ।
निरज कुमार श्रेष्ठ तत्कालिन ग्रिण्डलेज बैंक लिमिटेड (हाल स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड) मा १९८९ बाट सेवा प्रारम्भ गरेका श्रेष्ठ करिब १३ बर्षको कार्यानुभव लिनु भएको, एस फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा करिब ३ बर्ष जिम्मेवारी सम्हालेका थिए ।
तत्कालिन एन।आई।सी। बैंक लिमिटेड ९हालको एन।आई।सी। एशिया बैंक लि।० मा करिब ९ बर्ष महाप्रबन्धक पदमा रही कार्य गरेको अनुभव रहेको, ग्लोबल आईएमई बैंक लिमिटेडमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा र सो पश्चात माछापुच्छ्रे बैक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी सम्हालेको अनुभाव रहेको छ ।
प्रतिक्रिया दिनुहोस