aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

प्रतिफलका लागि सनराइज फष्टले बुक क्लोज गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ असोज २०७७
प्रतिफलका लागि सनराइज फष्टले बुक क्लोज गर्दै

काठमाडौं । सन्राइज फस्र्ट म्युचुअल फण्डले ७ प्रतिशत नगद लाभांशका लागि असोज ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ । 

सन्राइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस योजनाले  आर्थिक वर्ष २०७६/७७ को लागि उक्त प्रतिफल दिने निर्णय गरेको हो । 

यो निर्णय योजना व्यवस्थापक सन्राइज क्यापिटल लिमिटेडको भदौ २५ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । बुक क्लोजको आधारमा नगद लाभांश प्राप्त गर्न असोज ८ गते बिहीवारसम्म इकाई कायम राख्नुपर्नेछ । यस योजनाले ८ करोड ६० लाख इकाई विक्री गरेको हो ।

प्रतिक्रिया दिनुहोस