aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

राष्ट्रिय वाणिज्य बैंकको २४१ औं शाखा सुर्खेतको बिरेन्द्रनगरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ असोज २०७७
राष्ट्रिय वाणिज्य बैंकको २४१ औं शाखा सुर्खेतको बिरेन्द्रनगरमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नं.–६ स्थित शाखा कार्यालय बिरेन्द्रनगर सञ्चालनमा ल्याएको छ । 

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१ औं शाखा कार्यालयको आईतबार समुदघाट्न गरेको हो । 

उक्त अवसरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वालाले रा.वा.बैंक पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखीभन्दा पनि थप सेवामुखी हुनुपर्ने  बताए । 

उनले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीबासीलाई थप बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरे । बैकको कर्णाली प्रादेशिक प्रबन्धक रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालयका प्रमुख डा. शालीकराम पोख्रेलले शाखाको सफलताको शुभकामना व्यक्त गरेकोे थियो । 

कार्यक्रममा शाखा कार्यालय बिरेन्द्रनगरका प्रबन्धक जयप्रसाद बरालले स्वागत मन्तब्य व्यक्त गरेका थिए । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस