
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंकसँगै जवाफ मागेको छ । नेप्सेले हिमालयन बैंकसँग प्राप्त सम्बन्धि प्रस्ताव गरेको विषय नेप्सेमा जानकारी गराउनुपूर्ण विभिन्न सञ्चार माध्यमहरुमा प्रकासित भएकाले सो विषयको जवाफ दिन भनेको हो ।
सोमवार कारोबार खुल्नु अघिनै प्राप्त हुने गरी जवाफ पठाईसक्न नेप्सेले बैंकलाई निर्देशन दिएको छ । धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्था बमोजिम यदि सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्ने कुनै घटना वा कारोबार भएमा त्यसको जानकारी तुरुन्त नेप्सेलाई गराउनुपर्नेछ ।
सिभिल बैंकसँग सम्बन्धित कुनै पनि सुचना आइतवार सार्वजनिक भएका छैनन् । यद्यपी बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरुमध्य सबैभन्दा कम शेयरमूल्य भएको यस कम्पनीको आइतवार यो समाचार तयार गर्दा सम्म १० प्रतिशत अर्थात प्रतिकित्ता रू. १५ ले शेयरमूल्य बढेको छ ।
२ लाख ६७ हजार ३२१ कित्ता शेयर खरिद गर्ने माग भएपनि यो दिन २ बजेर ४० मिनेटसम्म विक्री आदेश भने शून्य रहेको छ । आइतवार एक्कासी १० प्रतिशत मूल्य बृद्धिको कारण हिमालयन बैंकले प्राप्ती गर्न लागेको हल्ला लगानीकर्ताहरुमा फैलिएको थियो । सोहि हल्लाको कारण लगानीकर्ताहरुको उच्च माग हुदाँ सिभिलको शेयरमूल्यमा उच्च बृद्धि देखिएको हो ।
प्रतिक्रिया दिनुहोस