aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

अब आरटीजीएसमार्फत इन्टर बैंक कारोबार दैनिक ४० मिनेटमात्रै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ असोज २०७७
अब आरटीजीएसमार्फत इन्टर बैंक कारोबार दैनिक ४० मिनेटमात्रै

काठमाडौं । अब आरटीजीएस प्रणालीमार्फत इन्टर बैंक कारोबार दैनिक ४० मिनेटमात्रै हुने भएको छ । राष्ट्र बैंकले अब आइतबारदेखि बिहीबारसम्म नर्मल विजनेश ‘डे’ बैंकहरूले आफ्नो नियमित अन्तर बैंक कारोबार गर्न समय तोकिदिएको हो । बैंकले सो कार्य दिनको ५ दिनमा दैनिक अपरान्ह ३ बजेदेखि ३.४० बजेसम्म मात्र कारोबार गर्नुपर्ने सूचना राष्ट्र बैंकले गरेको हो । 

दैनिक वर्किङ आवर १०.३० बजेदेखि अपरान्ह ३ बजेसम्म ग्राहक केन्द्रीत आरटीजीएस कारोबार हुने राष्ट्र बैंकले सूचना प्रकाशित गरेर जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस