aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

पेरिसडाँडाबाट झोला नदेखाउने महिला पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ असोज २०७७
पेरिसडाँडाबाट झोला नदेखाउने महिला पक्राउ

काठमाडाैं । प्रहरीले काठमाडौँको पेरिसडाँडाबाट एक महिलालाई पक्राउ गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकका क्रममा भित्र पस्न खोजेपछि दोलखाकी बालिका खड्कालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । 

झोला देखाउन आग्रह गर्दा नदेखाएर जबर्जस्ती जान खोजेपछि नियन्त्रणमा लिइएको उनले जानकारी दिए । 

प्रहरीका अनुसार खड्कालाई धर्नामा बस्न आएको र अन्य साथीसमेत आउन लागेको बताएपछि नियन्त्रणमा लिइएको हो । 

प्रतिक्रिया दिनुहोस