
धरान । स्थानिय सरकारको कर भुक्तानी समेत अन्लाईनबाटै गराउने गरी धरान उपमहानगरपालिकामा आइपीएस कनेक्टबाटै कर तिर्न मिल्ने भएकाे छ । जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी आइपीएस कनेक्टमार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरी उक्त सुविधा सञ्चालनमा ल्याउने पहिलो निकाय भएको छ । उक्त धरान उपमहानगरपालिकालाई अर्इपीएस कनेक्टमा राष्ट्रिय वाणिज्य बैंक मार्फत आबद्ध गराइएको हो ।
यस सुविधा सँगै करदाताले उपमहानगरमा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमीकर), व्यवसाय कर, बहाल कर, लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवाशुल्कहरु घरमै बसेर दाखिला गर्नुका साथै प्रारम्भिक रुपमा मूल्याङ्कन गरी आइपीएस कनेक्ट ई–पेमेन्टमार्फत अन्लाईनबाटै भुक्तानी गर्न सक्नेछन् ।
साथै कर तिर्न करदाताले कार्यालयमा गएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य भएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण समेत जनतालाई आफैँ उपस्थित भएर कर तिर्न स्वास्थ्य जोखिम भइरहेका बेला सुरु भएको अनलाईन भुक्तानी प्रणालीले थप सहजता हुने विश्वास गरिएको छ ।
यस उपमहानगरपालिकाको राजस्व प्रणालीमा करदाताले आफुलाई पायक पर्ने वडा कार्यालय मार्फत एक पटक मोवाईल नम्बर र ईमेल ठेगाना आवद्ध गरी सके पछि www.eservice.dharan.gov.np मा गई आप्mनो युजरनेम र पासवर्ड प्राप्त गरी सोझै आफ्नोे बैंक खाताबाट अर्इपीएस कनेक्ट ई–पेमेन्ट मार्फत सजिलै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् ।
यसरी अन्लाईन कर तिर्नका निम्ति करदाताले अर्इपीएस कनेक्ट ई–पेमेन्ट प्रणालीमा पनि आफू अथवा भुक्तानी गर्न सहयोग गर्ने व्यक्ति आबद्ध भएको हुनुपर्ने हुन्छ ।
आइपीएस कनेक्ट ई–पेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटफर्म हो, जसमा अनलाइन फण्ड ट्रान्सफर, लगायत सरकारको राजस्व भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल÷कलेज, इन्स्युरेन्स भुक्तानी, जस्ता कारेवारहरु गर्न सकिने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस