aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मेरोमाइक्रोफाइनान्सको तालिम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ बैशाख २०७६
मेरोमाइक्रोफाइनान्सको तालिम सम्पन्न

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शाखाका फिल्ड कर्मचारीहरुलाई मोटिभेस्नल तालिम सम्पन्न गरेको छ । बाँकेको नेपालगञ्जमा सम्पन्न तेश्रो चरणमा भएको तालिममा संस्थाका संचालक समितिका सञ्चालक बद्रि प्रसाद पुडासैनी तथा प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले संयुक्त रुपमा समुद्घाटन गर्नु भएको थियो । तालिममा संस्थाका कर्पोरेट कार्यालयका कर्मचारी सहित मुख्यत

पश्चिमाञ्चलमा कार्यरत कर्मचारीहरु सरिक १ सय १५ जनाको उपस्थिति रहेको थियो । दुई दिने तालिममा शाखाको समिक्षा तथा गुणस्तरीय सेवा सहितको कार्यक्रम रणनीतिहरु सम्बन्धमा छलफल भएको थियो । तालिममा मोटिभेस्नल स्पिकर तथा लाइफ कोच सुदीप बस्नेत र डा. योगी विकासानन्दले कर्मचारीहरुलाई उत्प्रेरणा दिनुका साथै कर्मचारीहरुको कार्य सम्पादनमा संगठनको प्रभावकारी बनाउने र ब्यक्तिमा सकारात्मक सोचको बिकास बारे प्रशिक्षण दिएका थिए ।

समापन समारोहमा सम्बोधन गर्नुहुदै प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले लघुवित्त नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सञ्चालन रहि देशका बिभिन्न दुर्गम तथा वित्तीय पहुँच नपुगेको क्षेत्रको अध्ययन गरी शाखा बिस्तार गर्ने, सेवाग्राहीहरुलाई लघुबीमा, सहितका वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालन गर्दै जाने कार्यक्रम रहेको बताए । 

त्यस्तै आम सर्वसाधारणको बृहत्तर हितप्रति समर्पित उत्कृष्ट सेवा एवं सुबिधाहरु प्रदान गर्दै संस्थाले बिभिन्न ग्राहकमुखी योजनाहरु मार्फत लाभान्वित तुल्याएको समेत बताए । 

कार्यक्रममा सहभागी अनुगमन अधिकृत तथा शाखाका कर्मचारीहरुबाट कार्यक्रम प्रगति, शाखा ब्यवस्थापन सम्बन्धी सवालहरुका बिषयमा समिक्षा गरिएको थियो । आगामी दिनमा निक्षेप, कर्जा र ब्यवसाय बिस्तार अझ प्रभावकारी बनाउदै लैजानेमा कर्मचारीहरु प्रतिबद्ध रहेका थिए ।

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय स्थापना गरी देशका ४८ जिल्लामा ९२ शाखा कार्यालय मार्फत ९१ हजार भन्दा बढी विपन्न परिवारहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस