
काठमाडौं । सिभिल बैंकले सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई जवाफ पठाएको छ । आइतवार नेप्सेले हिमालयन बैंक सँगको मर्जर तथा प्राप्तीको विषयमा विभिन्न सञ्चार माध्यममा आएको समाचारका विषयमा जवाफ पठाउन पत्र पठाएको थियो ।
नेप्सेको पत्रको जवाफमा सिभिलले हिमालयन बैंकले प्राप्ती गर्ने विषयमा कुनै पनि औपचारिक निर्णय नभएको र बैंकले आधिकारिक रुपमा त्यस्ता समाचार सम्प्रेषण नगरेको स्पष्ट पारेको छ ।
नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीति अनुरुप मर्जर गर्नका लागि सम्भावित उपयुक्त बैंकहरुको खोजी गर्ने क्रममा विभिन्न बैंकहरुसँग अनौपचारिक रुपमा कुरा अघि बढाइएको भएतापनि हालसम्म कुनै पनि औपचारिक निर्णय नभएको बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस