aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

समृद्धि फाइनान्सको हकप्रद असोज १६ गतेदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ असोज २०७७
समृद्धि फाइनान्सको हकप्रद असोज १६ गतेदेखि

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको दुई सय प्रतिशत हकप्रद शेयर असोज १६ गतेदेखि विक्री खुला हुने भएको छ । कम्पनीले मंगलवार आव्हान पत्र सार्वजनि गरी कात्तिक ६ गतेसम्म हकप्रद शेयर विक्री खुला रहने जानकारी दिएको हो । 

कम्पनीले १ बराबर २ को अनुपातमा  ३६ करोड ३९ लाख ६० हजार रुपैयाँ ६०० बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । यो हकप्रद विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट भदौ २ गते अनुमति पाएको थियो । यो हकप्रद विक्री गर्न अनुमति माग्दै कम्पनीले गत फागुन २३ गते बोर्डमा निवेदन दर्ता गराएको थियो ।

हकप्रद प्रयोजनका लागि कम्पनीले भदौ १२ गते बुक क्लोज गरेकाले भदौ ११ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र समृद्धिको हकप्रदमा आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै बैंक अफ काठमाडौंका शाखा कार्यालयहरु धनगढी, नेपालगञ्ज , सुर्खेत, विरगञ्ज , पोखरा, नारायणघाट, जनकपुर, विराटनगर, विर्तामोडबाट पनि आवेदन दिन सकिनेछ ।

 त्यस्तै समृद्धि फाइनान्सको केन्द्रिय कार्यालयसँगै पुतलीसडक र बुटवलको शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

यो हकप्रदलाई इक्रा नेपाल लिमिटेडले कमजोर आधारहरु जनाउने इक्रा आईपीओ ग्रेड ५ रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी १८ करोड १९ लाख ८० हजार रुपैयाँ रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले दुई सय प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस