
काठमाडौं । एनएमबि बैंकको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ती गरेपछिको ४९ लाख ६७ हजार ६५५ कित्ता शेयर एनएमबिले नेप्सेमा सूचीकृत गराएको हो ।
बुधवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले हितग्राही खातामा जम्मा भएपश्चात कारोबार गर्न सक्नेछन् । एनएमबि बैंकले कञ्चनलाई प्राप्ती गरी भदौ ७ गतेदेखि एकिकृत कारोबार सुरु गरेको हो ।
यस अघि एनएमबि बैंकले गत असोज ११ गतेदेखि ओम डेभलपमेण्ट बैंकसँग मर्जर प्रकृया पुरा गरी एकिकृत कारोबार सुरु गरेको थियो ।
एनएमबिले कञ्चनको १०० कित्ता शेयर बराबर आफ्नो ८५ कित्ता शेयर आदानप्रदान गर्ने गरि प्राप्ती गरेको हो ।
प्रतिक्रिया दिनुहोस