
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रू. ३ अर्ब बराबरको ऋणपत्र विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बैंकलाई प्रतिकित्ता रू. १ हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र विक्री गर्न बोर्डले असोज १ गते अनुमति दिएको हो । वाणिज्य बैंकहरुले आफ्नो चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य विक्री गर्नुपर्ने व्यवस्था बमोजिम सिद्धार्थ बैंकले यो ऋणपत्र विक्री गर्न लागेको हो ।
कुल कित्तामध्य सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणका लागि रू. १ अर्ब २० करोड बराबरको विक्री गर्नेछ भने बााँकी रू. १ अर्ब ८० करोड बराबरको ऋणपत्र बैंक आफैले व्यक्तिगत तवरबाट विक्री गर्नेछ । विक्री प्रबन्धकको जिम्वेवारी एनएमबि क्यापिटलले पुरा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस