
काठमाडौं । समाज लघुवित्तको शेयर बिहीवार सूचीकृत हुदैंछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत किशोर महतोले बिहीवार शेयर सूचीकरण हुने जानकारी दिएका हुन । उनले शेयरधनीहरुको हितग्राही खातामा जम्मा भैसकेको शेयर सूचीकरणमा कम्पनीले स्वस्तिक लघुवित्तसँग मर्जर सम्झौताको प्रकृया अघि बढाएका कारण ढिलाई भएको बताए । सोमवार मर्जर सम्झौता सम्पन्न भैसकेको जानकारी दिदै उनले बिहीवार शेयर सूचीकरण सम्झौताका लागि तयारी रहेको बताए ।
बिहीवार सूचीकृत भई आइतवारदेखिनै कारोबार योग्य हुने समाज लघुवित्तको शेयर कारोबार भने रोक्का हुने निश्चित भएको छ । नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले मर्जर सम्झौता भैसकेकाले कारोबार रोक्का हुने जानकारी दिएका हुन ।
समाज लघुवित्तले गत भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । समाजले सर्वसाधारणका लागि छुट्याएको ८६ लाख रुपैयाँ बराबरको शेयर विक्री गरेको हो । अब धितोपत्र दोस्रो बजारमा सूचीकृत हुदाँ संस्थापक समेतको गरी समाजको कुल २ लाख कित्ता शेयर सूचीकृत हुनेछ । समाज लघुवित्तमा संस्थापकतर्फ ५७ प्रतिशत अर्थात १ लाख १४ हजार कित्ता र सर्वसाधारणतर्फ ४३ प्रतिशत दरको ८६ हजार कित्ता शेयर कायम छ ।
प्रतिक्रिया दिनुहोस